सांस्कृतिक समाज नेपाल गठन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । देशको मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ सांस्कृतिक समाज नेपाल गठन भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच समाजको औपचारिक घोषणा गरिएको हो । कलाकार रामप्रसाद अवस्थीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा महेशकुमार औजी, महासचिवमा अमृत खाती, सचिवमा विपिन किरण र कोषाध्यक्षमा जमुना गौतम रहनुभएको छ ।

त्यस्तै सदस्यमा पूर्णकला बिसी, शोभा थापा, दीपा रोकाया, हेमन्ता भट्टराई, आयुस्मा कार्की, रोजी कुँबर, सुनिल नेपाली, सुजाता केसी र निरुता खत्री रहनुभएको छ । सल्लाहकारमा नन्दकृण जोशी, यज्ञराज उपाध्याय, चन्द्र शर्मा, लोकेन्द्र साउद र पदम रोकाया रहेको अध्यक्ष अवस्थीले जानकारी दिनुएको छ । सोही अवसरमा समाजले मौलिक संस्कृति संरक्षण अभियानअन्तर्गत भदौ ४ गते काठमाडौंमा मौलिक डेउडा साँझ आयोजना गर्ने घोषणासमेत गरेको छ ।

बुधबार आयोजित संस्थाको पहिलो औपचारिक परिचयात्मक तथा प्रमाणपत्र बितरण कार्यक्रममा पूर्वमन्त्री तथा सांसद छविलाल विश्वकर्मा, देउडा सम्राट नन्दकृष्ण जोशी, चन्द्र शर्मा, राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?