एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

एमाले पार्टी मुख्यालय, च्यासलमा भएको शिष्टाचार भेटमा लूले नेपालको संसदले एमसीसी पास गरेकोमा धन्यवाद दिनुभएको छ ।

साथै उहाँले एमसीसीलाई छिट्टै अगाडि बढाउने र त्यसक्रममा सिनियर अधिकारीहरु नेपाल आउने जानकारी गराएको एमाले प्रचार विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो ।

भेटमा लुका अन्यसदस्य तथा एमालेका तर्पफबाट विष्णु रिमाल, डा. राजन भट्टराई र विमला पौडेलको सहभागिता थियो ।

लुले आजै नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग छुट्टाछुट्दै भेटवार्ता गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?