मोबाइल चार्जरबाट करेन्ट लागेर झापामा एक महिलाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

झापा । मोबाइल फोनको चार्जरमा करेन्ट लिक हुँदा झापा गौरीगञ्ज वडा नम्बर- १ मा एक महिलाको मृत्यु भएको छ ।

चार्जमा रहेको मोबाइलबाट फोन उठाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

गौरीगञ्ज गाउँपालिका–१ स्थित टुनुबस्तीकी जगतबहादुर बुढाथोकीकी ५५ वर्षीया श्रीमती शिला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विहिबार दिउँसो उनको मृत्यु भएको हो । चार्जमा रहेको मोबाइलमा फोन उठाउने क्रममा करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयका अनुसार धान रोपेर घर फर्किएकी बुढाथोकीले भिजेको शरीरसहितको चिसो हातले चार्जमा रहेको मोबाइलमा फोन उठाउने क्रममा उनलाई करेन्ट लागेकाे थियाे ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ramesh Nepal
Ramesh Nepal
2023-07-15 2:51 pm

दुःखद खबर

रिलेटेड न्युज

छुटाउनुभयो कि ?