काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याउन लागेको बजेट सम्बन्धमा निजी क्षेत्रसँग छलफल गरेको छ । बोर्डमा आयोजित कार्यक्रममा विगत वर्षको बजेटको समीक्षासहित नयाँ बजेटबारे निजी क्षेत्रको राय सुझाव माग गरिएको थियो ।
पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले बोर्डको बजेट डिजिटाइजेसनमा जोड दिँदै कार्यान्वयन हुने खालको बजेट ल्याउन सुझाव दिएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दा परम्परागतभन्दा पनि नयाँ ढंगले गर्न सुझाव दिएका हुन् । त्यस्तै, बोर्डले आयोजना गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय कार्यक्रममा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने पनि जोड दिए । बोर्डले निजी क्षेत्रका सुझाव समेटेर बजेट तर्जुमा गर्ने र बजेट निजी क्षेत्रमैत्री हुने बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताउनुभयो । निजी क्षेत्रका रचनात्मक सुझाव समेटेर बजेटलाई अन्तिम रूप दिइने पनि उहाँले आश्वासन दिनुभयो । बोर्डको मुख्य काम नै पर्यटन प्रवद्र्धन रहेको सन्दर्भमा निजी क्षेत्रबाट प्राप्त सुझावले बजेट कार्यान्वयनमा सहजता ल्याउने बजेट समितिका संयोजक तथा बोर्ड सदस्य मिलन देवकोटाले बताउनुभयो । उहाँले बोर्डले आर्थिक वर्ष २०८०/०८१ का लागि करिब सबा अर्ब रुपैयाँभित्रको बजेट ल्याउने तयारी गरेको समेत जानकारी गराउनुभयो । देवकोटाका अनुसार आगामी आर्थिक वर्षको ८० प्रतिशत बजेटले अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धन तथा बाँकी रकम आन्तरिक पर्यटन प्रवद्र्धन तथा पूर्वाधारमा खर्चिने बोर्डको योजना छ ।
बोर्ड सदस्य मदन आचार्यले निजी क्षेत्रसँग गरिएको छलफल फलदायी भएको भन्दै छलफलले बजेट निर्माण तथा कार्यान्वयनमा सहजता ल्याउने बताउनुभयो । सो अवसरमा होटल संघ नेपाल (हान), प्यासिफिक एसोसिएसन अफ ट्राभल एजेन्ट (पाटा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सिज (नाट्टा), नेपाल र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल माउण्टेनियरिङ एसोसिएसन(एनएमए), एनटिभिए, एनटिबिए, सोट्टोलयायतका संस्थाका प्रमुखहरूले बजेटमा सुझाव दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच