एमालेप्रति मन्त्री ज्वालाको कटाक्ष : धुप, बत्ती बाल्दैमा गठबन्धन ढल्दैन

हिमालय टाइम्स
Read Time = 2 mins

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गर्नुभएको छ ।

आईतवार जनकपुरधाम पुग्नुभएका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धुप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गर्नुभयो । उहाँल प्रतिगमनका बिरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गर्नुभयो । उहाँले गठबन्धन ढालेर केही पाइहाल्छौँ की भन्ने आशा गर्नेहरुले आशावादी नबन्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ , यो कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धुप बत्ती गर्दैमा गठबन्धन ढल्दैन । किनभने यसको ग्राउण्ड छ । प्रतिगमनका बिरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु छन् । चुनावका बेलमा सँगै अघि बढ्का शक्तिहरु एक ठाउँमा छन् । जटिल मोडहरुमा एकतावद्ध भएका शक्तिहरु एक ठाउँमा छन् । यो ढलेर फाइदा पाइहाल्छाँै की भनेर आशावादी भएकाहरुको आशा पूरा हुँदैन ।’

मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?