ट्रेडिङमा योगेन्द्रको ‘क्लियर कट’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संगीतकार योगेन्द्र उपाध्यायको गीत ‘क्लियर कट’को युट्युबको ट्रेडिङमा परेको छ । शुक्रबार सार्वजनिक गरिएको लोकपप शैलीको गीत टिकटक तथा अन्य सामाजिक सञ्जालमा समेत चर्चामा छ । सार्वजनिक गीतमा योगेन्द्रको संगीत, डिपी खनालको शब्द र शंकर थापा स्माइलको स्वर र उदयराज पौडेलको संगीत संयोजन छ ।

गीतको भिडियोलाई कार्टुन क्रुजले निर्माण गरेको हो । सरोज अधिकारीको निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायांकन र सरोज अधिकारीकै सम्पादन छ । सविन भण्डारी र अनुस्का श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा एञ्जेल राई, पूर्वी सेन, आदर्श गहतराज, योगेश भण्डारीलगायत कलाकारको अभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?