गत वर्षको तुलनामा खोटाङमा किवी उत्पादन बढ्यो

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । गत वर्षको तुलनामा खोटाङमा यस वर्ष किवी उत्पादन बढेको छ । गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा ३.१५ मेट्रिक टनले किवी उत्पादन बढेको हो । खोटाङमा ४० हेक्टर क्षेत्रफलमा किवी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाईएको किवीले मात्रै उत्पादन दिने गरेको छ ।

आर्थिक वर्ष २०७८/२०७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाईएको किवीले २०.३५ मेट्रिक टन उत्पादन दिदा चालू आर्थिक वर्ष २०७९/२०८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाईएको किवीले २३.५ मेट्रिक टन उत्पादन दिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सन्जयकुमार पण्डितले जानकारी दिनुभयो ।

यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्राय सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा, सप्तेश्वर छितापोखरी, छितापोखरी, टेम्मा, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, लिकुवापोखरी, वाप्लुखा, सवाकटहरे, बड्कादियाले, सिमपानीमा किवी खेती गरिन्छ ।

जन्तेढुंगा गाउँपालिकाको बोपुङ, चिसापानी, बराहपोखरी गाउँपालिकाको सुन्तले, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, जलेश्वरी, महेश्वरी, केपिलासगढी गाउँपालिकाको फेदी, खार्ताम्छा, बासपानी, बाक्सिला, सप्तेश्वर र रावाबेशी गाउँपालिकाको हौचुरमा किवी खेती लगाईएको छ । जिल्लामा हेवार्ड, एलिसन र रेड किवी लगाइने गरिन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार चालू आर्थिक वर्षमा पूमा कृषि तथा पशुपंक्षी फर्म जालपाले ५ लाख ९९ हजार २५०, नमूना कृषि फर्म ऐसेलुखर्क र नमूना कृषि तथा बन नर्सरी व्यवस्थापन केन्द्र ऐसेलुखर्कले किवी खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत ६/६लाख अनुदान पाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?