छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । बाँके र बर्दियामा भएका छुटटाछुटटै घटनामा परी एक बालकसहित तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका ११ रत्न राजमार्ग स्थित पिपलचौतारा नजिकै भे ७ प ७११६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हँुदा मोटरसाइकल चालक ३० वर्षिय सुभास राईको उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

यसै गरी कोहलपुर ४ स्थित बेलनपुरमा रहेको सिक्टा सिँचाई आयोजनाको नहरमा डुवेर २३ वर्षिय तारा बस्नेतको मृत्यु भएको जनाएको छ । रोपाई सकेर नुहाउन गएका बेला नहरमा डुवेर मृत्यु भएको हो भने अन्य २ जनाको सकुसल रहेको प्रहरीले जनाएको छ ।

यसै गरी बर्दियामा कुलोमा डुवेर ३ वर्षिय बालकको मृत्यु भएको छ । राजापुर नगरपालिका १ मनपरीपुर वस्ने हरि रोकायका ३ वर्षिय छोरा विहान रोकायको नंगापुर कुलोमा डबेर मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । घर आँगनमा खेल्ने क्रममा कुलोमा डुवेर गम्भिर भएका रोकायको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?