पब्जी खेल्दै डिआरएसले जित्यो दुई करोड २० लाख

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पब्जी मोबाइल वल्र्ड इन्भिटेसनल २०२३ मा नेपालको द रियल सोल्जर्स (डिआरएस) गेमिङले दुई करोड २० लाख रुपैयाँ बराबर पुरस्कार रकम जितेको छ । डिआरएसले अलस्टार स्टेजमा तेस्रो स्थान हासिल गर्दै मेन इभेन्टमा स्थान पक्का गरेको थियो । डिआरएसले अलस्टार स्टेजमा दुईपटक चिकेन डिनर (राउण्ड जित्ने) सफलता हासिल गरेको थियो ।

डिआरएसले कुल १५३ अंक जोड्दा थाइल्याण्डको भ्याम्पाएर इस्पोर्ट्सले १८७ अंकसहित प्रथम तथा दक्षिण कोरियाको डिप्लसले १५७ अंकसहित दोस्रो स्थान हासिल गर्‍यो । मेन इभेन्टमा डिआरएसले एकपटक चिकेन डिनरको सफलता हासिल गरे पनि अन्य राउण्डमा राम्रो प्रदर्शन गर्न सकेन । कमजोर सुरुवात गरेको टोलीले समग्रमा ११औँ स्थान हासिल गरेको थियो ।

डिआरएसले अलस्टार स्टेजबाट ९० हजार र मेन इभेन्टबाट ७७ हजार पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको हो । गत वर्ष पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा दोस्रो हुँदै डिआरएसले झण्डै तीन लाख अमेरिकी डलर पुरस्कार जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?