राजनीतिकर्मी तथा समाजसेवी दाहालको निधन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सिद्धिचरण नगरपालिका (साबिक विगुटार गाउँपालिका) ओखलढुंगाका चर्चित राजनीतिकर्मी तथा समाजसेवी पीताम्बर दाहालको निधन भएको छ । काठमाडौं कपनमा बस्दै आउनुभएका दाहालको ८६ वर्षको उमेरमा सोमबार निधन भएको हो । उहाँ केही समययता अस्वस्थ हुनुहुन्थ्यो ।

साबिक राँगादीप विद्यालयको शिक्षकका रूपमा लामो समय अध्यापन गरी तत्कालीन पञ्चायती राजनीतिमा परिवर्तनको आवाज बुलन्द गर्दै सक्रिय दाहाल निर्दलीयकालमा पटक–पटक गिरफ्तारसमेत हुनुभएको थियो । ०३६ सालको बहुदल वा निर्दल भन्ने जनमत संग्रहका समयमा उहाँ बहुदलका पक्षमा सक्रिय हुनुभएको थियो । त्यसपछिका दिनमा उहाँले नेपाली कांग्रेसलाई सहयोग गर्ने काम गर्नुभयो र पार्टीको अभियानमा सक्रिय हुँदै जिल्ला विकासको सदस्यसमेत हुनुभयो ।

स्वर्गीय दाहालको सोमबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँको पार्थिव शरीरमा ओखलढुंगाबाट संघीय सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा, ट्रेड युनियन कांग्रेसका पूर्वसभापति खिलानाथ दाहाल, कांग्रेसका युवा नेता अजय लुईँटेलसहितले नेपाली कांग्रेसको झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको थियो । विगुटारको राजनीतिक, सामाजिक र शैक्षिक जीवनमा योगदान गर्नुभएका नेता दाहालप्रति श्रद्धाञ्जली दिन विगुटार, वरुणेश्वर, जन्तरखानी, राँगादीप, प्राप्चा, हर्कपुर, माधवपुर, ओखलढुंगा वरपर क्षेत्रबाट काठमाडौंमा बसोबास गर्नुहुनेहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

स्वर्गीय दाहालका एक धर्मपत्नी, दुई छोरा, पाँच छोरी र नातिनातिनाहरू रहेका छन् । दाहालको निधनमा विराज समाज र विगुटार विकास फाउण्डेसनले गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ आज र भोलि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र बनाउन मन्त्री मेहताको जोड भोजपुरमा राति सवारी आवागमन बन्द बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु भीषण वर्षाको जोखिम : राति हेटौंडाबाट काठमाडौं जाने सवारी अस्थायी रूपमा रोकियो गृह मन्त्रालय प्रवेशमा रोकिएपछि निहारिका राजपुत र बिनु यादवको विरोध प्रदर्शन एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल क्यान्सर उपचाररत बाढीपहिरोले देशका छ प्रमुख राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह तीन महिनाभित्र तीन लाख सदस्य बनाउने लक्ष्य, संगठन विस्तारमा जुट्न कुलमान घिसिङको…