अल नासरको फराकिलो हार

Read Time = 2 mins

साउदी । क्रिस्टियानो रोनाल्डोको साउदी क्लब अल नासरले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब सेल्टा भिगोसँग पाँच-शून्यको फराकिलो हार बेहोरेको छ । रोनाल्डोले सुरुदेखि नै खेलेको खेलमा अल नासरको प्रदर्शन बिर्सन लायक रहृयो । क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिचले पनि यसै खेलमार्फत् अल नासरबाट डेब्यु गर्नुभएको थियो । पहिलो हाफमा अल नासरले खेल बराबरीमा रोके पनि दोस्रो हाफमा भने सेल्टा पूर्णरूपमा हावी रहृयो ।

सेल्टाका लागि गेल जन्सनले सुरुवाती अग्रता दिलाउनुभयो । त्यसपछि मिगेल रोड्रीग्वेज र जोर्गेन लार्सनले दुई–दुई गोल थप्दै टोलीलाई फराकिलो जित दिलाउनुभयो । अल नासरले अब मैत्रीपूर्ण खेलहरूमा युरोपेली क्लबहरू बेन्फिका, पेरिस सेन्ट जर्मेन र इन्टर मिलानसँग खेल्नेछ ।

यस्तै, रोनाल्डोले अमेरिकी मेजर लिग सकर (एमएलएस) को स्तरमाथि प्रश्न उठाउनुभएको छ । उक्त लिगको क्लब इन्टर मयामीमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी अनुबन्ध भएपछि रोनाल्डोको उक्त प्रतिक्रिया आएको हो ।

केही समयअघि मेस्सीलाई पनि साउदी क्लबमा अनुबन्ध गर्ने प्रयास गरिएको थियो तर साउदी अरेबियाको टुरिजम एम्बेसडर बन्न तयार भए पनि मेस्सीले व्यावसायिक फुटबलका लागि भने अमेरिका रोज्नुभयो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?