युनिलिभर र एन्फाबीच साझेदारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युनिलिभर नेपाल आफ्नो सम्मानित ब्राण्डका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक बनेको छ । युनिलिभर नेपालले नेपालभरि महिला फुटबलको विकासलाई बढवा दिँदै महिला सशक्तीकरण र लैंगिक समानताको आफ्नो प्रतिबद्धतामा थप जोड दिएको छ । विभिन्न क्षेत्रमा नेपाली महिलाको योगदान बढ्दै गइरहेको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताका महिला खेलाडीमा बेग्लै छाप छोड्न सक्ने कुरा आत्मसात गर्दै युनिलिभरले खेलकुदमा महिलाको विकास र सशक्तीकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाका आधार तयार गर्न उल्लेखनीय योगदान पुर्‍याउन खोजेको जनाएको छ ।

युनिलिभरले आफ्ना विभिन्न परियोजना एवं सन्देशमार्फत् न्याय, समानता र सामाजिक कल्याणको सशक्तीकरणमा बलियो अडान लिने गरेको छ । कम्पनीका ब्राण्डः लाइफब्वाय र डोभले स्वच्छता, स्वास्थ्य, आत्मसम्मानको प्रवद्र्धन गर्दै समाजद्वारा निर्धारित सौन्दर्य मापदण्डलाई चुनौती दिने कुरामा अग्रपंक्तिमा रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार युनिलिभरको एन्फासँगको साझेदारी नै युनिलिभर नेपालको नेपालमा सकारात्मक सामाजिक परिवर्तन र महिला सशक्तीकरणका लागि प्रतिबद्ध हुनुको सकारात्मक पक्ष हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?