श्रावण महिनाको जात्रा तथा पर्वहरू

Read Time = 12 mins

✍️ इन्द्रबहादुर शाक्य

गत असार २८ गतेको अंकबाट क्रमशः
खोकनामा देयः पुखु जात्रा :
यही महिनाको प्रतिपदामा खोकनामा देवताको पोखरीमा बाख्रा जात्रा हुन्छ । ललितपुरको खोकनामा गाईजात्रा भोलिपल्ट द्वितीयाको दिनमा र मतयाको दिनमा देय पुखु जात्रामा रुद्रायणी देवीको मेला पनि सुरु हुन्छ । देवताको पोखरी भनेको एक पोखरी हो । यहाँ बाख्राको बलिदिने गर्दछ । जिउँदो बाख्रालाई पोखरीमा फ्याकेर बाख्रालाई लैजानको लागि तछाड मछाड गर्दछन् । यहाँ बाख्रालाई दाँतले टोकेर मारिन्छ । यो पर्व रुद्रायणी देवी स्थापनादेखि चलेको हो । रुद्रायणी देवी जात्रा बाह्र वर्षमा एक चोटि हुन्छ । यो पर्व जनै पूर्णिमाका तेस्रो दिनदेखि ईन्द्रजात्राको दिनसम्म हुन्छ । खोकनाको शिंकाली जात्रापछि भोलिपल्ट साँझतिर रुद्रायणी देवीलाई चढाएको फर्सी ल्याएर पोखरीमा बलि दिएपछि जात्रा समाप्त हुन्छ ।

गाई जात्रा नेपालको धेरै जिल्ला मनाउँदछन् । हिन्दू धर्मअनुसार यो पर्व मनाइन्छ । स्वर्गीय भएको व्यक्तिको नामबाट गाईजात्रा जाने चलन छ । यो दोलखामा गाईजात्रा पर्व मनाउँदछ । यसलााई हिले जात्रा भनेर नामकरण गरी यो जात्रा मनाइन्छ । यो जात्रा एक हप्ताभन्दा बढी समयसम्म हिले जात्रा मनाइन्छ । त्यो जात्रा मनाउनेहरूको खेतीपाती सिद्धिएपछि खुशीयालीमा यो पर्व मनाउँछन् । यसमा नाचगान आदि गरिन्छ । त्यो समयमा भैरव, कुमारीको पनि जात्रा गरिन्छ । यो जात्रामा नदीमा स्नान गरी कालिञ्चोक माईको दर्शन गर्ने चलन अहिले पनि चलन छ । राजकुल अगाडिको पोखरीमा हिले जात्राको विशेष कार्यक्रम हुन्छ यसैलाई नै गाईजात्रा पर्वको रूपमा मनाइन्छ । उपत्यकामा पनि गाईजात्रा गरिन्छ ।

द्वितीयाका दिन भनेको गाईजात्रा पर्वको भोलिपल्ट नै मतया (दीपपूजा) यात्रा सुरु हुन्छ । यो जात्रा पर्व ललितपुर नगरभित्र मनाइन्छ । यो पूजा नगरभित्रको सबै बुद्धहरूको मूर्ति तथा अन्य सबै देवताहरूको परिक्रमा गरि पूजा गरिन्छ । यो बिहानदेखि बेलुकासम्म चल्छ । यो स्वर्गीय भएका व्यक्तिको नामबाट यो मतया जाने चलन छ । उहाँहरूको आत्माको शान्ति मिलोस् भन्ने धारणले यसरी दीप बालिन्छ ।

गाईजात्राको भोलिपल्ट नै मतया (दीपपूजा) यात्रा सुरु हुन्छ । यो पर्व ललितपुर नगरभित्र मनाइन्छ । यसदिन नगरभित्रका सबै बुद्धका मूर्ति तथा अन्य सबै देवताहरूको परिक्रमा गरी पूजा गरिन्छ । यो बिहानदेखि बेलुकासम्म चल्छ ।

यसमा सबै जातिका नेपालीहरू सहभागी भई यो जात्रा गर्छन् । धेरैजसो बौद्धमार्गी सहभागी हुन्छन् । त्यही दिनमा नौ बाजा पनि ललितपुर नगरभित्रमात्र जात्रा हुन्छ । बिहान १० बजेदेखि मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि नौ प्रकारको बाजा नौवटा तालमा बजाइन्छ ।
यो वर्षको एकचोटि मात्र मनाइन्छ । यो जात्रा लिच्छवि वंशले चलाएको थियो । हःखा, सौगल, सुन्धारा, ओकुबहाल, थपाहिती, थैना, नौडो, बालकुमारी, ज्यावावही, चक्रवहिल, हौगल, तिछुंगल्ली, इखालखु, बालख, उपाध्यायचोक, पूर्णचण्डी, गावहाल, छावहाल, उग्रचण्डी, सुलम्ही, नववहिल, धलायचा, क्वालखु, हिरण्यवर्ण, महाविहार, झातापोल, कुम्भेश्वर, कोवहाल, सोथ, मंगलबजार, भीमसेनस्थान अगाडि नौ बाजा बजाइन्छ । त्यही दिन गुरुङहरूको उभौली पर्व पनि हुन्छ । दीप पूजाको भोलिपल्ट बुंगमतीमा मत्यस्यन्द्र नाथ मन्दिरमा नौ बाजा बजाइन्छ । त्यसको भोलिपल्ट, काठमाडौं हनुमानढोका र स्वयंभूनाथमा पनि नौ बाजा बजाइन्छ ।

त्यसपछि पञ्चमीका दिन ललितपुरमा नरसिंह जात्रा हुन्छ । गाईजात्रा पालाको गणेश पूजा पनि सुरु गरिन्छ । यो पूजा पनि ललितपुर नगरभित्र जुन, जुन ठाउँबाट गाईजात्रा लिएर गएको हो, त्यो टोलमा मात्र गणेशको पूजा गरिन्छ । त्यस्तै दीपयात्रा यो पनि गणेश पूजा गरिन्छ । जुन गाईजात्रा परिक्रमा गरिन्छ त्यही बाटोमा पर्ने गणेशको पूजा गरिन्छ । बेलुका मत्या (दीपयात्रा) पालाले आउने मत्या पाला (दीपलाई स्थानान्तरण) गरिदिइन्छ । त्यो लिन बाजा बजाएर गइन्छ ।

श्रावण महिनाको अन्तिम सोमबार डोलेश्वर महादेवमा रहेको साँढे र अरु ठाउँमा रहेको साँढेको कानमा हिन्दू महिलाले मुख जोडेर आफ्नो मनको इच्छा सुनाउने गर्दछन् । साँढेको कानमा फुस्फुुसाउने भनेको आफ्नो इच्छा पूरा गरिदिन भनेको शिवलाई खबर पु¥याउनको लागि गर्दछ । साँढे शिवजीको बहान भएकाले साँढेलाई यो खबर दिएर अथवा गोप्य कुरा सुनाउने इच्छा व्यक्त गरेको हो । साँढेले तुरुन्त शिवजीलाई खबर गर्दछ । यसो गर्दा इच्छाएको पूरा हुन्छ भन्ने विश्वास छ । श्रावण महिनाभरि नै व्रत बस्ने पनि छन् ।

यस महिनामा हरियो पोते, हरियो लुगा, हरियो चुरा लगाएर ब्रत बस्ने गरिन्छ । प्रकृतिमा पनि यस महिनामा हराभरा देखिन्छ । जहाँ हेरे पनि राम्रो, आँखालाई आनन्द आउँछ । त्यसैले होला नारीमा हरियो सामान प्रयोग गर्दा जवानी आएको जस्तो देखिन्छ । यो महिना माता पार्वतीले पनि हरियो सामानले सिँगारी शिवजीलाई खुशी पार्छिन् भनिन्छ । यो महिनामा बोलबम भनेर शिवजीको पूजा गरिन्छ । श्रावण महिनाको अन्तिम पञ्चमीका दिन बैतडी विश्वनाथ मन्दिरमा श्रावण मेला समाप्त हुन्छ ।

बौद्धमार्गीहरूले यस महिनाभरि व्रत बस्ने चलन अहिले पनि छ । महिनाभरि विहार, स्वयम्भू गएर पूजा गर्दछन् । काठमाडौंवासीहरू एक महिनासम्म बाजा बजाएर स्वयम्भू जाने गर्दछन् । स्वयम्भूका शाक्यहरू धा बाजा र न्येकु (सिंग) बाजा फुकेर स्वयम्भू देवस्थल र स्वयम्भू पहाडको परिक्रमा गर्दछन् ।

त्यस्तै बौद्धमार्गीहरूले यस महिनाभरि व्रत बस्ने चलन अहिले पनि छ । यो महिनालाई गुँला भनेर मान्दछन् । यस महिनाभरि विहार, स्वयम्भू गएर पूजा गर्दछन् । काठमाडौंवासीहरू एक महिनासम्म बाजा बजाएर स्वयम्भू जाने गर्दछन् । स्वयम्भुका शाक्यहरू धा बाजा अथवा गुँल्ला बाजा बजाएर र न्येकु (सिंग) बाजा फुकेर स्वयम्भू देवस्थल र स्वयम्भू पहाड पूरा परिक्रमा गर्दछन्, यो एक महिनासम्म गरिन्छ । यो महिनाभरि मासु, माछा, रक्सी छोड्ने चलन छ । अहिले पनि बौद्धहरू यस्तो गर्ने गर्दछन् । यो महिनाभरि केही नखाई देवताको जल मात्र पिएर व्रत बस्ने चलन छ । यसलाई नेवारीमा म्याःअप्स चोनेगु (बस्ने) भन्दछ ।

यस्तै गरी ललितपुरको हिरण्यवर्ण महाविहारमा नियमपूर्वक बस्ने चलन छ । अहिले यस्ते म्याःअप्स बस्नेहरू कम भएका छन् । यसरी बस्ने नारीलाई महिनाको अन्तिम दिनमा घर र टोलवासीहरू आएर बाजा बजाई सिन्दुर जात्रा गरी घर लिएर जान्छन् । व्रत बस्ने नारीलाई कसैले पनि छुनु हुँदैन, बुद्धको मात्र आराधना गरी बस्दछन् । यसो गर्दा मनोकामना पूरा हुन्छ भनिन्छ ।

अर्को पक्ष, यो श्रावण भाद्र महिनामा आफ्नो स्वास्थ्य हेरेरमात्र भोजन गर्नुपर्दछ । यसमा पनि केही सत्यता छ । यो महिनामा चर्को घाम, बढी वर्षा हुनाले नै सबै पानी फोहोर हुने, खानाहरू पनि केही छिनमै गन्ध आउने गर्दछ । यस्तो फोहोर पानी, गन्ध आएको खाना खायो भने बिरामी हुने गर्दछ । धेरैजसो झाडापखाला हुने, टाइफाइट ज्वोरो आउने, निधार दुख्ने, वाक वाक आउने, अल्सी लाग्ने आदि हुन्छ । त्यसैले यसबाट बच्नको लागि जहाँ पायो त्यही पानी नपिउनु, बासी खाना, गन्ध आएको खाना नखानु भनेर पहिलेका मानिसहरूले भनेर जानुभएको छ, त्यो सत्य हो अथवा धेरै मिल्न आउँछ ।

फेरि यस्तै अर्को पक्ष यो महिनामा जताततै नहिँड्नु अथवा यात्रा नगर्नु धेरै वर्ष हुने भएकाले पहिरो जाने, बाटोघाटो नहुने, खोला नाला र नदीमा पानी बढ्ने भएकोले यात्रा गर्दा बाटो बन्द हुनु, नदीले बगाउने, पहिराले पुर्ने, सर्पले टोक्ने, किराहरूले टोक्ने कारणले यो महिनामा यात्रा अथवा अन्यत्र नजानु भनेर भनिएको हो ।

त्यसैले जिउधनको सुरक्षा गर्ने र स्वास्थ्य विचार गरी बाहिर जानु हुँदैन । यस महिनामा धेरै धर्म, कर्म गर्दछन् । हिन्दू, बौद्ध, मुस्लिमले धेरै कर्म गर्दछन् । यो झरीको समयमा संसारमा कम मात्र मानिसले यात्रा गर्दछन् । यो महिनामा दैवीप्रकोप हुने धेरै सम्भावना भएकाले धेरै दुःख कष्ट हुन्छ । यस कारणले यो महिनामा धर्मकर्म गरी देवीदेवताको पूजा आरधना गरेर बस्नेगरिन्छ । समाप्त ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?