लोकतान्त्रिक शासन प्रणालीमा संविधान प्रदत अधिकारको उपयोग सबैले गर्न पाउनुपर्दछ । आफ्नो धर्म संस्कृति, भाषा र परम्पराको संरक्षण गर्न पाउने अधिकार सबैलाई छ । संविधान संशोधनको माग गर्ने अधिकार पनि जनतामा सुरक्षित छ । नेपाल आफ्नो अस्तित्वकालदेखि नै सनातन धर्म संस्कृतिलाई मान्दै आएको हो । जनआन्दोलन–२ को सफलता पश्चात् अकारण नै नेपाललाई हिन्दु धर्म सापेक्ष राष्ट्रवाट धर्मनिरपेक्ष राष्ट्रको रूपमा परिणत गरियो जबकी यो एजेण्डा न त जनआन्दोलन-२ ताका कुनै पनि राजनीतिक दलको सूची र प्राथमिकतामा थियो न त माओवादीकै प्राथमिकता र एजेण्डामा थियो । इसाई मिसिनेरीबाट दीक्षित र पोषितहरूले बडो चालाकीपूर्वक यसलाई अन्तरिम संविधान र पछि संविधानसभामार्फत निर्मित संविधानमा पनि राख्न पाए ।
जब देशका संघीय मन्त्री, जसको काँधमा सबै धर्म र संस्कृतिको एक समान संरक्षण र सम्बद्र्धन गर्ने संवैधानिक दायित्व रहेको हुन्छ, त्यसले नै एक धर्म विशेषको पक्षमा आक्रामक भएर, दह्रो रूपमा उभिने काम हुनु दूर्भाग्यपूर्ण हो ।
नेपाललाई धर्म निरपेक्ष घोषित गरिए यता धर्म परिवर्तनका घटना भएका छन् र अब यो सामान्य विषय भइसकेको छ । तसर्थ नेपाललाई सनातन धर्मसापेक्ष राष्ट्र घोषित गरिएन भने यसको अस्तित्व मेटिन्छ भने चिन्ता नेपालका राष्ट्रवादीलाई छ । इसाई मिसिनेरीबाट दीक्षित र पोषित केही नेपाली विद्वान पनि ‘हिन्दु’ शब्द सुन्ने बित्तिकै त्यसरी नै उफ्रिन्छन् जसरी रातो कपडा हर्ने बित्तिकै साँढेलगायत पशुहरू उफ्रिन्छ ।
केही वर्षअघिसम्म नेपालमा जाबो ०.२ प्रतिशत इसाई थियो अहिले यो संख्या १.७६ प्रतिशत भएको छ । आगामी दशकमा यो झन बढ्नेछ । अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था जो नेपालमा सक्रिय छन्, तिनको मुख्य उद्देश्य नै कथित सेवाको नाममा जातीय वितन्डा मचाउनु र पछि तिनलाई इसाई धर्ममा प्रवेश गराउनु हो । बुद्ध धर्म मान्नेहरूको संख्यामा कमी आएको छ । हिन्दु धर्म मान्नेको संख्यामा कमी आएको छ । विश्वको एकमात्र हिन्दु राष्ट्रको रूपमा विश्वव्यापी पहिचान बनाएको नेपालमा हिन्दुहरूले आफ्नो धर्म संस्कृतिको रक्षाको माग गर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हो ।
जब देशका संघीय मन्त्री, जसको काँधमा सबै धर्म र संस्कृतिको एक समान संरक्षण र सम्बद्र्धन गर्ने संवैधानिक दायित्व रहेको हुन्छ, त्यसले नै एक धर्म विशेष (त्यो पनि विदेशी धर्म जसले नेपालीहरूको धर्म परिवर्तन गराइरहेको आरोप छ) को पक्षमा आक्रामक भएर, दह्रो रूपमा उभिने काम हुनु दूर्भाग्यपूर्ण हो । तसर्थ हिन्दुहरूले संविधान संशोधनको माग गर्नु अस्वभाविक होइन ।
धर्म केवल ईश्वरमाथिको आस्थामात्रै होइन । धर्म आफैंप्रतिको विश्वास हो । धर्म सामूहिक चेतनाको स्रोत हो । सामूहिक दर्शन हो । चिन्तन प्रणाली हो । मानव सभ्यताको अंकुरण नै धर्मबाट भएको हो । धर्मले मानिसलाई गुफादेखि डोर्याएर औद्योगिक युगसम्म ल्याइपुर्याएको हो । मौलिक धर्मले मात्रै वास्तविक चेतनाको विकास गर्दछ, स्वाभिमान जगाउँछ । आयातित धर्मले गुलाम बनाउँछ । केही आर्थिक लाभ र क्षणिक आकर्षणबाट प्रभावित भएर आफ्नो धर्म संस्कृतिको विरोध गर्ने र त्यसलाई परित्याग गर्नेले नै आफ्नो मूल पहिचानलाई गुमाउन पुग्छन् ।
आफ्नो धर्म संस्कृतिको परित्याग गरेका अफ्रिकीहरू अहिले अन्योलमा छन् । आफ्नो पुख्र्यौली धर्म संस्कृतिलाई परित्याग गरी इसाई त भए तर त्यहाँ उनको पहिचान मूल इसाईको रूपमा छैन । आफ्नो पुर्खौली धर्म मान्ने मुसलमान सउदी अरब, कुबेत, कतार, युएई, मलेसिया, इण्डोनेसियालगायत देशहरूमा राम्रो अवस्था छन् । हाम्रो सनातन धर्मभित्रका मारवाडी र जैन, शिखहरू सर्वाधिक सम्पन्न र धनी यस कारण छन्, कि उनीहरूलाई आफ्नो धर्म संस्कृतिप्रति गर्व गर्दछन् । यहुदीहरू अनेकौं चुनौती र समस्याका बाबजुद पनि आफ्नो मूल धर्मलाई परित्याग गरेनन्, उनको शक्ति र चमत्कारको प्रशंसा चारैतिर भइरहेको छ ।
प्रत्येक वर्ष यहुदीहरू विज्ञान, गणित तथा अनुसन्धानको क्षेत्रमा राम्रो काम गरेबापत नोबेल पुरस्कार पाउने गर्दछन् । यहुदीहरूले शिक्षालाई धेरै महत्व दिँदै आएका छन् । मारबाडीहरू भारत- नेपालमा मात्रै होइनन्, विश्वका जुनसुकै भागमा छन् त्यस देशको अर्थतन्त्रको विकासमा तिनको ठूलो योगदान रहेको हुन्छ । नेपाल पनि अपवाद छैन । आफ्नो पुख्र्यौली धर्मलाई परित्याग नगर्ने तिब्बतीहरू विश्वमा जहाँकहीँ शरण लिएर बसे पनि सम्मानित कार्यमा छन् ।
कतिपयले भारतमा भाजपाको सरकार रहेका कारण नेपाललाई हिन्दु राष्ट्र बनाउने कुरा भइरहेको आरोप लगाउँछन् तर यस्ता काल्पनिक एवं आधारहित कुतर्कको धरातल निकै कमजोर छ । नेपाल त सुरुदेखि नै हिन्दु राष्ट्र रही आएको छ बरू विदेशीहरूको इसारामा यसलाई धर्मनिरपेक्ष घोषित गरिएको छ ।
पुख्र्यौली धर्म छाड्ने नागा र कुत्री आफ्नो अस्तित्वका लागि संघर्ष गर्दछन् । आफ्नो धर्म संस्कृतिको परित्याग गर्ने सुडानीको पीडा, व्यथा तथा बुद्ध धर्मलाई परित्याग गरी इसाई धर्म बनेकाहरूको व्यथा कथा कम छैन । नेपालमै पनि मधेसी र मुसलमान तथा कतिपय जनजातिले धर्म परिवर्तनको प्रस्तावलाई खारेज गर्दै आएका छन् ।
केहीअघि समाजिक सञ्जाल र केही समाचार पत्रमा पनि दक्षिण कोरिया सिथत ग्रेस कोड चर्चकी संस्थापक सिन ओकजुमाथि केही नेपाली नेताहरूलाई बिर्य मिश्रित होली बाइन खुवाएका आरोपमा ६ वर्ष जेल सजाय तोकिएको थियो । जुले सन् २०१४ मा करिब चार सय जनालाई प्राकृतिक प्रकोपबाट बच्न सकिने भन्दै फिजीमा बसाइँ सर्न राजी गराएकी थिइन् । फिजी पु¥याइएपछि उनीहरूको पासपोर्ट खोसिएको थियो । तीमध्ये केहीलाई आत्मा भगाउने भन्दै कुटपिट गरिएको उजुरी परेको थियो ।
केही वर्षअघि फिलिपिन्सको युनिफिकेसन चर्चकी एक पादरीबाट आशिर्वाद ग्रहण गर्ने नाममा नेपालका प्रायःजसो राजनीतिक दलका नेताहरूले ‘होली वाइन’ ग्रहण गरेका थिए । जबकि नेपालका मठ मन्दिरको प्रसाद र चरणामृत ग्रहण गर्दा आफूमाथि धार्मिक भएको आरोप लाग्ने डरले नेपाली नेताहरू डराउछन् तर ‘होली वाइन’ ग्रहण गर्दा विदेशीको हातबाट धर्मनिरपेक्ष भएको प्रमाण पत्र पाउन सकिन्छ भन्ने हिन्ताबोध नेपालका नेताहरूमा रहेको छ ।
कतिपयले भारतमा विगत १० वर्षदेखि भाजपाको सरकार रहेका कारण नेपाललाई हिन्दु राष्ट्र बनाउने कुरा भइरहेको आरोप लगाउँछन् तर यस्ता काल्पनिक एवं आधारहित कुतर्कको धरातल निकै कमजोर छ । नेपाल त सुरुदेखि नै हिन्दु राष्ट्र रहिआएको छ बरू विदेशीहरूको इसारामा यसलाई धर्मनिरपेक्ष घोषित गरिएको छ । अहिले पनि हिन्दु राष्ट्रको विपक्षमा पढने, लेख्ने र बोल्नेहरू स्वयं विदेशबाट परिचालित छन् । भारत स्वयं नै धर्म निरपेक्ष राष्ट्र हो तसर्थ उसलाई नेपालको शासन प्रणालीसित कुनै वास्ता छैन । हामी नेपालीहरू आफूलाई आवश्यकता परेको बेलामा भारतलाई गुहार्छौं तर काम भइसकेपछि बिर्सिन्छौं ।
नेपालमा २००७ सालको राजनीतिक परिवर्तन २०४६ सालको राजनीतिक परिवर्तन र २०६२-०६३ को राजनीतिक परिवर्तनमा समेत भारतले हाम्रै आग्रहमा सहयोग र सद्भाव देखाएको हो । नेपालको धर्म संस्कृति, चरित्र नै सनातन हो । विदेशीको इसारामा यसको अस्तित्वलाई समाप्त पार्ने काम भइरहेको छ । कहिले पशुपतिनाथ मन्दिरको परिसरमा इसाईहरूको निम्ति ‘शव गृह’को माग गर्नु त कहिले के, कहिले माग गर्नु हिन्दु धर्ममाथि धर्मनिरपेक्ष राष्ट्र जबसम्म संविधानमा संशोधन हुँदैन तबसम्म यो धर्मनिरपेक्ष राष्ट्र हो । एउटा नेपाली हिन्दुको निम्ति पहिले उसको देश हो, त्यसपछि देशको संविधान र तत्पश्चात मात्रै धर्म-संस्कृति जाति र वर्ग हो । सनातन राष्ट्र नेपालको माग सर्वथा जायज हो र यसको निम्ति संविधान संशोधन हुनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच