गाईघाटमा एकल महिलाहरुको सुपथ मूल्य पसल

हिमालय टाइम्स
Read Time = 4 mins

-सरोज निरौला

साउन । कोसी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, त्रियुगा नगरपालिका, गाईघाट एकल महिला समुह र वडानं ११ को सहकार्यमा ७ लाख ३७ हजार ५ सयको लागतमा खाद्यान्न तथा किरानाको सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको छ ।

एकल महिलाका आर्थिकोपार्जनमा सघाउ पुर्‍याउन प्रदेश र स्थानीय सरकारको सहयोगमा उदयपुरको सदरमुकाम गाईघाटमा सुपथ मुल्य पसल सञ्चालमा ल्याइएको हाे ।

एकल महिला सञ्जाल उदयपुरकी अध्यक्ष शोभा दाहालले ७ लाख ३७ हजार ५ सय रुपैयाँ लागत मूल्यको पसलमा खाद्यान्न तथा किरानाका सुपथ मूल्यका सामानहरु बिक्री वितरणका लागि राखिएको बताउनुभयाे ।

प्रदेश सामाजिक विकास मन्त्रालयले ५ लाख दिएकोमा ३ लाख ५० हजार, त्रियुगा नगरपालिकाबाट २ लाख र एकल महिला समूहको १ लाख ८७ हजार ५ सय बिउँ पुँजी परेको उहाँले बताउनुभयाे । मन्त्रालयले दिएको बाँकी १ लाख ५० हजार भने उद्यमशीलता तालिममा खर्च गरेर उद्यमी उत्पादन गरिएको छ ।

सुपथ मुल्य पसलको उद्घाटन गर्दै कोसी प्रदेशका उपसभामुख सृजना दनुवारले एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक नभईरहेको अवश्थामा यस्ता कृयाकलापले थोरै भएपनि आर्थिक समृद्धिको यात्रामा सघाउ पुर्‍याउने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘अहिले पनि एकल महिलालाई विभिन्न लाल्छना लगाएर चौघेरामा राख्ने र केहि गर्न नदिने परम्परा र संस्कार छ, त्यसले अझ उनीहरु आर्थिकरुपले विछिप्त छन्, यसलाई सघाउ पुर्‍याउन उद्यमी र व्यवसायी बनाउन जरुरी छ ।

आर्थिक स्तरमा सुधार ल्याउने उद्देश्यले सरकारसँगको साझेदारीमा सुपथ मुल्य पसल सञ्चालमा ल्याइएको एकल महिला जिल्ला सञ्जालका अध्यक्ष शोभा दाहालले बताउनुभयाे ।

उहाँका अनुसार तरकारी बजार क्षेत्रमा सञ्चालनमा ल्याइएको पसलमा दैनिक उपभोग्य सामग्रीहरु राखिएका छन् । ‘अन्य पसलको तुलनामा सामग्रीहरु सस्तो र सुपथ मुल्यमा पाईने छ, उहाँले भन्नुभयाे, ‘हामीले खरिद गरेको मुल्यको निश्चत प्रतिशत मुनाफा राखेर सामानहरु उपभोक्तालाई उपलब्ध गराउँछौ ।

कम्प्युटर प्रणालीमा स्रेस्ता राखिएको पसलमा दुई जना कर्मचारी रहनेछन् । यसबाट आएको आम्दानीले एकल महिलाकै आयस्तर बृद्धि हुने अन्य कार्यक्रमहरु सञ्चालन गरिने अध्यक्ष दाहालले बताउनुभयाे । मन्त्रालयले उपलब्ध गराएको ३ लाख ५० हजार बिउँ पुजिँ तीन बर्षपछि अर्को वडाका एकल महिलाका गतिविधिमा उपलब्ध गराईने उहाँले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?