एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाउनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ जानुभएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष ओलीले संसदीय दलको कार्यवाहक नेताकोे जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिनुभएको छ । अध्यक्ष ओली गएराति ११ः०० बजे पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, उहाँका स्वकीय सचिव राजेश बज्राचार्यसहित कम्बोडिया प्रस्थान गर्नुभएको थियो । उहाँ यही साउन ८ गते स्वदेश फर्कनुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?