श्रीलंकाको संसदद्वारा भ्रष्टाचार विरोधी विधेयक पारित

Read Time = 1 min

कोलम्बो । श्रीलंकाको संसद्ले भ्रष्टाचारविरोधी विधेयक पारित गरेको संसद्को सञ्चार एकाइले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संसद्को सञ्चार एकाइका अनुसार उक्त विधेयक संशोधनसहित पारित भएको हो । यसअघि उक्त विधेयक संविधानसम्मत छ कि छैन भनेर सर्वोच्च अदालतमा पठाइएको थियो ।

अदालतले विधेयकको मस्यौदामा संविधानसँग बाझिएका केही दफा रहेको र त्यसलाई संशोधन गरिएको जानकारी सभामुखलाई गराएको थियो । श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग आफ्नो मुलुकको शासन प्रणालीमा सुधार ल्याउन र भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिअनुसार भ्रष्टाचारविरोधी नियमहरू ल्याउन गरेको सम्झौतासँग यो कानून जोडिएको छ । (रासस/सिन्हृवा)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?