तीन लाख सोह्र हजार भ्रष्टाचार मुद्दा छानबिन

Read Time = 1 min

बेइजिङ । चिनियाँ सरकारको अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानबिन गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा ठूलो निकायले शनिबार जनाएअनुसार १८ जना प्रान्तीय वा मन्त्रीस्तरका व्यक्तिसहित दुई लाख ५८ हजारजनामाथि कारबाही गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन अनुसन्धान तथा राष्ट्रिय अनुगमन आयोगमा सोही अवधिमा १६ लाख ८० हजार उजुरी परेका थिए । तीमध्ये आठ लाख २८ हजार उजुरीउपर आवश्यक कारबाही गरिएको छ । अनुसन्धानका क्रममा एक लाख ७० हजारवटा सामान्य गल्तीका मुद्दा पनि नियामक निकायका अधिकारीले निरूपण गरेका छन् । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?