पूर्वाञ्चल क्याम्पस धरानमा डेल्टाको पाचौं संस्करण

हिमालय टाइम्स
Read Time = 4 mins

धरान । पूर्वाञ्चल क्याम्पस धरानमा रहेको 'डेल्टा' विद्यार्थी समाजले हरेक वर्ष झै यस वर्ष पनि प्राविधिक मेला आयोजना गर्ने भएको छ । ग्रीन टेक्नोलोजी थिममा आधारित भइ यहि माघ ५,६ र ७ गते मेला लगाइने भएको हो । पूर्वाञ्चल क्याम्पस स्ववियू सभापति नवीन श्रेष्ठकाअनुसार २०७६ सालमा 'डेल्टा' स्थापित भइ हरेक वर्ष फरक थिम र फरक अवधारणाका साथ मेला लगाइदै आएको छ ।

यस अघिका आफ्ना तिन संस्करण सम्पन्न पारीसकेको डेल्टाले यस पटकको मेलामा अझ नयाँ नयाँ इभेन्टका साथ तयारी गरिरहेको छ । इन्जिनियरिङ क्याम्पसहरुमा आयोजना भइराख्ने मेलाहरुमा डेल्टालाई पुल्चोकमा हुने लोकस पछिको ठूलो प्राविधिक मेला मानिन्छ । कोशी प्रदेश भरिका विभिन्न विद्यालय तथा क्याम्पसबाट विद्यार्थीहरुको सहभागिता रहने यस मेलामा यस वर्ष तीस हजार सहभागीको अपेक्षा रहेको डेल्टाका भाइस(कोर्डिनेटर विवेक न्यौपानेले बताउनुभयाे ।

२०७६ सालमा डेल्टा १.० नाम रहि सुरु भएको यस मेला त्यसपछीका वर्षहरुमा डेल्टा १.१, डेल्टा २.० , डेल्टा ३.० हुँदै यस वर्षको इभेन्टको नाम डेल्टा ४.० रहन गएको हो । ग्रिन टेक्नोलोजीमा आधारित यस मेलामा सस्टेनेबल टेक्नोलोजीका साथै प्रदुषण रहित उपकरण बनाउन विद्यार्थीलाई प्रेरित गर्ने आयोजकको लक्ष्य रहेको छ ।

मेलामा आगन्तुकहरुले विद्यार्थीहरु आफैले बनाएका उपकरणहरुको दृष्यावलोकन साथ साथै प्रतियोगिता हरुमा पनि भाग लिन पाउने छ । यहि माघ ५ गते देखि सुरु हुने मेलाको मुख्य आकर्षकहरु बिभिन्न रोबोटिक्स सामग्री प्रर्दशन, गो कार्ट दौड देखि लिएर अरु बिधा पनि हुनेछ । हरेक प्रतियोगिताका लागि देश भरी बाटै आवेदन आइरहेको डेल्टाका कोअर्डिनेटर कल्यान बास्कोटाले बताउनुभयाे ।

डेल्टाको मुख्य आकर्षकको रुपमा रहेका प्रतियोगिताहरुमा नगद पुरस्कारसहित आकर्षक उपहारहरु समेत रहेको छ । ३ दिनसम्म चल्ने मेलामा विभिन्न स्टलहरु राखिनेछ्न् जसमा विद्यार्थीहरुले बनाएका उपकरणहर राखिनेछ र दर्शकले अवलोकन गर्न सक्नेछ्न् । ३ दिने कार्यक्रम कै क्रममा बिच-बिचमा प्रतियोगिताहरु आयोजना गरिने छ । डेल्टा ४.० नजिकिदै गरेकाले यसलाई सफल पार्न क्याम्पस प्रशासन , स्व.वि.यू, राजनितीक संगठन, तथा विभिन्न विद्यार्थी समाजहरु एक जुट भइ दिन रात लागि परेको डेल्टा आयोजक समिति सदस्य प्रशान्त काफ्लेले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?