मेक्सिकोको पबमा आगो लगाए पछि ११ जनाको मृत्यु

Read Time = 1 min

मेक्सिको सिटी । मेक्सिकोको एक बारमा एक व्यक्तिले आगो लगाए पछि ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला पनि छन् । सोही क्रममा घाइते भएका ४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

रोयटर्सको रिपोर्टका अनुसार यो घटना शनिबार सान लुइस रियो कोलोराडो नामक सहरमा भएको हो ।

महिलासँग दुर्व्यवहार गरेको आरोपमा ती युवकलाई पबबाट निकालिएको नगर प्रशासनले जनाएको छ । जसबाट रिसाएर उनले मोलोटोभ ककटेलको सहायताले आगो लगाइ दिएका थिए । घटनाका क्रममा युवकले मादक पदार्थ सेवन गरेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?