सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाई : सेवा प्रवाहदेखि विकास निर्माणमा अब्बल

Read Time = 4 mins

-विजय रावत

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आईतबार सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक बर्ष नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको सिंजा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९।०८० को आयव्यय र योजनाको विवरण सार्वजनिक गर्दे प्रमुख प्रशासकीय अधिकृत धितालले ३८ करोड १९ लाख १४ हजार रुपैयाँ पालिकाले खर्च गरेको छ । १ करोड ५० लाख ३१ हजार ७४८ रुपैयाँ खर्च हुन नसकि फ्रिज गएको छ । गाउँपालिकाले आन्तरिक राजश्व स्रोत २९ लाख ३ हजार संकलन गर्ने अनुमान रहेकोमा १९ लाख ४६ हजार ७४४ रुपैयाँ मात्र राजश्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो ।

गत वर्ष संचालित ९६ वटा योजनामध्ये सबै सम्पन्न भएकाछन् । भौतिक प्रगतिका हिसाबले सिंजा गाउँपालिका ग्रीन जोनमा रहेको छ । संचालित योजनामध्ये ९९ प्रतिशत योजना सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत धितालको भनाइ छ ।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधी,तथा सरोकारवालाका साथै स्थानीयवासिको उपस्थिती रहेको थियो । गाउँपालिकाकाको आयोजनामा तथा रेडियो कर्णालीको जुम्लाकोे सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो ।

सिंजालाई जनताको आवश्यकता अनुसार सेवाप्रवाहलाई गाँउकेन्द्रित गरिने भएको छ । स्वास्थ्य सेवाप्रवाहलाई शसक्तरुपमा सेवा दिनका लागि गाउँ गाउँमै पुगेर यहाँका ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ । कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका निर्माण, शिक्षा, स्वास्थ तथा विभिन्न क्षेत्रका बारेमा जिज्ञासा, सुझाव राखेका थिए ।

सुनुवाइमा मौखिक र लिखितमार्फत सहभागीले प्रश्न स्थानीय सरकारको काम कारवाहीबारे प्रश्न समेत राखेका थिए । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब राखेकाछन् । प्राप्त सकारात्मक सुझावलाई ग्रहण गरि विषयगत रुपमा कार्यान्वयन गरिने गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले बताउनुभयो । सहभागीहरूबाट प्राप्त जिज्ञासाहरुको सम्बन्धी शाखाका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले जवाफ दिएका थिए । पालिका अध्यक्ष धितालले सुनुवाइको क्रममा उठेका बिषय जवाफ दिँदै आगामी योजना बारे बताउँदै सार्वजनिक सुनुवाइ कार्यक्रमको समापन गरेका थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?