सौरभ ज्योतिको ‘छ-जी’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिको स्वर रहेको गीत ‘छ-जी’सार्वजनिक भएको छ । सौरभको आफ्नै शब्द र जेम्स प्रधानको संगीत रहेकोे नेवारी गीत ‘छ-जी’को भिडियो सार्वजनिक भएको हो ।

ज्योत्सना योगीको निर्देशन रहेको गीतको भिडियोमा सौरभसँगै आचल ताम्राकार, रसिक श्रेष्ठ, सिर्जना शाक्य ज्योति र टीका निरौलाको अभिनय छ ।

नयन राईले छायांकन गरेको गीतको भिडियो अशोक अधिकारी र न्हुजन डंगोलले सम्पादन गर्नुभएको छ । प्रेमभावमा आधारित गीतको भिडियोे एस जे मोटो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?