‘तिमी र म’ भन्दै शिव परियार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शिव परियारको नयाँ एल्बम ‘तिमी र म’ सांगीतिक बजारमा आएको छ । एल्बममा रहेका सबै गीतको संगीत परियारले स्वयंले गर्नुभएको छ । ६ वटा गीत संग्रहित उक्त एल्बमका सबै गीतलाई सागर फुयालले लेख्नुभएको हो । एल्बममा ‘तिमी हौ सबथोक मेरो, तिमी र म अनि शीतल धुन, मेरो ज्यान भन्छ्यौ भने, हाम्रो माया एक नदीको दुई किनार, जिउन मन छैन अधर तिम्रो नहेरी र तिमी फूल हौ सुगन्ध छर्नुपर्छ तिमीले’ जस्ता गीत समावेश छन् ।

‘तिमी हौं सबथोक मेरो’ बोलको गीतको भिडिओ पनि सार्वजनिक गरिएको छ । निकेश खड्काले निर्देशन गरेको गीतको भिडिओमा अभिनेता अनुपविक्रम शाही र मिरुना मगरलाई फिचरिङ गरिएको छ । हरि हुमागाईंको छायांकन रहेकोे गीतको भिडियोमा विकाश धमलाले सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?