योजना आयोगमा आइएमएफ टोली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले सिंहदरबारस्थित आयोग कार्यालयमा भेट गरेको छ । भेटमा आइएमएफले योजना आयोगले तयार गर्ने १६औँ योजना तर्जुमाको विषयमा चासो राखेको थियो ।

१६औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना, पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पिमा) सुझाव कार्यान्वयन स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पुँजीगत खर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीका विषयमा समेत छलफल भएको थियो ।

सो अवसरमा आइएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीको सहभागिता थियो । जुलाई २० मा नेपाल आएको आइएमएफको मिसन टोली २६ जुलाईसम्म नेपालमा रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?