फिमेल भर्सनमा ‘ए झरी’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवीन के भट्टराईको स्वरमा रहेको गीत ‘ए झरी’ फिमेल भर्सनमा आएको छ । गायक नवीन के भट्टराईले झण्डै डेढ दशकअघि गाएको ‘ए झरी’लाई अमृता लिम्बूले आफ्नो स्वरमा श्रोता/दर्शकमाझ ल्याउनुभएको हो ।

म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा पुष्प खड्का र माला लिम्बूलाई फिचरिङ गरिएको छ ।

‘ए झरी’ गीतमा संगीत अर्जिनल भर्सनलाई नै राखिएको छ अर्थात् संगीत संयोजनमा कुनै तोडमोड गरिएको छैन । जसमा शम्भुजित बास्कोटाको संगीत र डा.अरुण सायमीको शब्द रचना रहेको छ । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा उत्तम हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?