‘कालो सुन’का लागि नृत्यको प्रशिक्षण लिँदै प्रभु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निर्माणको तयारी रहेको चलचित्र ‘कालो सुन’लाई आफ्नो ड्रिम प्रोजेक्ट रूपमा बताउँदै आउनुभएका प्रभु श्रेष्ठ यतिबेला अमेरिकामा नृत्यको प्रशिक्षण लिइरहनुभएको छ । उहाँलाई चर्चित कोरियोग्राफर गोविन्द राईले प्रशिक्षण दिइरहनुभएको हो ।

‘कालो सुन’ राइज फिल्मस् युएसए कर्पोरेशन र प्रभुलक्ष्मी इन्टरटेनमेन्ट एण्ड क्रिएटिभ कम्पनी प्रालिबीचको सहकार्यमा निर्माण हुने पक्का भएपछि श्रेष्ठ यतिबेला अमेरिकामा हुनुहुन्छ ।

पाँच साथीहरू चाइनाको सिमानामा ट्रेकिङ गर्दै गर्दा भेटिएको कालो सुनलाई मुख्य विषय बस्तु बनाएर निर्माण हुन लागेको चलचित्र ‘कालो सुन’ एड्भेन्चर र सर्वाइवल को एक्सन थ्रीलर पूर्ण हुने श्रेष्ठ बताउनुहुन्छ ।

यो चलचित्र अगस्ट २०२४ मा सिनेमाघरमा ल्याउने कार्य तालिका तय भएको छ । श्रेष्ठका अनुसार नेपाल, अमेरिका, सिंगापुर, भारत, बेलायत, अष्ट्रेलिया, मलेसिया र हङ्कङमा एकसाथ यसको प्रदर्शन गरिँदै छ । यो चलचित्रको २५ प्रतिशत छायांकन न्यूयोर्क शहरमा, ५० प्रतिशत नेपाल–तिब्बत सिमानामा र २५ प्रतिशत नेपाल-तिब्बतको रुटमा हुने श्रेष्ठले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?