सिंगो देश मिटरब्याज पीडितको पक्षमा छ : कानूनमन्त्री गुरुङ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को पक्षमा सबै राजनीतिक दलहरु एक हुन आवश्यक रहेको बताउनु भयो ।

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मिटरब्याज पीडितको पक्षमा सिंगो मुलुक रहेको बताउनु भयो । उहाँले सामन्तवादका अवशेषहरुको अन्त्यका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनु भयो । उहाँले विधेयकको रुप फेरिए पनि सार नफेरिएकोप्रति माफी माग्दै आगामी दिनमा सरकारले त्यस्ता कमी कमजोरी नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी पीडितको पक्षमा उभिनुपर्छ । सिंगो मुलुक पीडितको पक्षमा उभिएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदन पीडितकै पक्षमा उभिने हो । सामन्तवादका अवशेषहरुको अन्त्यका लागि एक ठाउँमा उभिनुपर्छ । सामन्तवादको अवशेषका पक्षमा कोही पनि उभिँदैनौँ । रुप फेरिएर आएपनि त्यो विधेयकको सार फेरिएको छैन भन्ने मलाई लागिरहेको छ । त्यसैले सार नफेरिकन रुप फेरिएर मात्रै हुँदैन । वास्तवमा पीडकहरुलाई अनुचित लेनदेन गर्ने पीडकलाई कानूनी दायरामा ल्याउने काम गर्न यो विधेयकले । त्यसैले सार नफेरिएरको रुप फेरिएको अवस्थामा आइपुग्दा म दुःखीत छु। आफी चाहन्छु, आइन्दा यसरी कमी त्रुटी सरकारको पक्षबाट नहुने आग्रह गर्छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?