ताल्तीमा पनि सानिमाको एटिएम

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । धादिङको रोराङ गाउँपालिकावासीमाझ वित्तीय पहुँच पु¥याउने उद्देश्यले सानिमा बैंकले बुधबार बेनीघाट रोराङ गाउँपालिका ताल्तीस्थित हुवासिन सिमेन्ट नारायणी प्रालि उद्योग परिसरमा एटिएम स्थापना गरेको छ ।

एटिएम बुथको एक समारोहबीच बेनीघाट रोराङ गाउँपालिका २ का अध्यक्ष हेमराज भुजेल, उद्योगका जनरल मेनेजर सियाङ चाङ होङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ र बागमती प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

वडाध्यक्ष भुजेल तथा जेनेरल मेनेजर होङले गाउँपालिकामा बैंकिङ सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेकामा बैंकलाई धन्यवाद दिनुभयो । बैंकका प्रमुख संस्थागत निक्षेप श्रेष्ठले सो क्षेत्रका जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटिएम सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?