शाइन रेसुङ्ग बैंकद्वारा बृक्षारोपण

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा बृक्षारोपण गरेको छ ।

पर्यावरण बचाउ बृक्षारोपणले राम्रो गर्ने बताउदै बर्दघाट नगर प्रवक्ता सन्तबहादुर गाहाले रोपिएका बिरुवाको सरक्षणमा जोड दिनुभयो । बैक रेसुङ्ग डेभलपमेण्ट बैकले आँप, जामुना, लिचीलगायतका करिब १ सय १० वटा बिरुवा रोपिएको बैंकका परासी कलस्टरका प्रमुख भागिरथ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार 'हरियाली बनाउन पर्यावरण बचाउ भन्ने मुल नारा सहित बिगतका बर्षदेखी नै गरिएको र अहिले निरन्तरता दिएको हो ।' बैंकले गत वर्ष बैकले परासीको खानेपानी बृक्षरोपण गरिएको थियो ।

अस्पतालका अध्यक्ष निमानन्द न्यौपानेले बैकले बृक्षारोपण गर्नका लागि अस्पताल परिसरलाई छनोट गरेकोमा आभार प्रकट गर्दै रोपिएका बिरुवाको सरक्षण गरिने बताउनु भयो । उहाँले भन्नुभयो, 'बैंक र हामी मिलेर रोपिएका बिरुवाको उचित रुपमा सरक्षण गरि हुर्काउँछौँ । '

कार्यक्रममा नगरका सामाजिक विकास समिति संयोजक एव १६ नम्बरका वडा अध्यक्ष भिमकाजी गुरुङ्ग, अस्पतालका सल्लाहकार बृहस्पति अधिकारी, लक्ष्यम भण्डारी, व्यवस्थापन समितीका सदस्य डिबि थापा, व्यवस्थापक टिकाराम लुइँटेल शुभकामना मन्तव्य राख्नु भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?