अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पहिरोका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

सिद्धबाबा क्षेत्रमा पहिरो खसेर अवरुद्ध बनेको सडक पहिरो पन्छाएपछि आइतबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सिद्धबाबा क्षेत्रमा बन्दै गरेको सुरुङमार्ग र त्यस आसपासका क्षेत्रमा पहिरो खसेको हो । सडकमाथिबाट ठूलाठूला ढुंगासहित पहिरो खसेको छ ।

अहिले पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ । सुरुङमार्ग निर्माण कम्पनी चाइना स्टेट कर्पोरेसनका डोजर र स्काभेटरले पहिरो फाल्ने काम गरिरहेका छन् । ठूला ढुंगासहितको पहिरो पन्छाउन कठिन भएकाले पूरै सडक सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

रोकिएका मालवाहक सवारी साधनका साथै बस, मिनी ट्रकलाई गन्तव्यतर्फ पठाइएको छ । लामो समयसम्म सडक सञ्चालन नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?