कोरियाको पानीजहाज कामदारका लागि आवेदन खुला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पहिलोपटक दक्षिण कोरियाले पानीजहाज र सिप बिल्डिङका लागि २५ सय कामदार लैजाने भएको छ । दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीअनुसार इपिएसअन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो ।

इच्छुक नेपाली कामदारले साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । सिप बिल्डिङ क्षेत्रमा पनि श्रमिक छनोट प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ ।

इपिएस प्रणालीमार्फत् दक्षिण कोरियामा रोजगारीका लागि जाँदा भाषा परीक्षा र सीप परीक्षण दुवैमा पास हुनुपर्छ । इपिएस कोरिया शाखाले आइतबार सूचना निकालेर पानीजहाज कम्पनीका लागि भाषा परीक्षा असोज १ गतेदेखि हुने जनाएको छ । परीक्षास्थल र समय भदौको ८ गते प्रकाशित हुनेछ ।

भाषा परीक्षाबाट झण्डै दुई हजार पाँच सयको अन्तिम नतिजा प्रकाशन हुनेछ तर कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सीप परीक्षणमा सहभागी भई उत्तीर्ण भएपछि मात्र रोजगार आवेदन फारम भर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?