माओवादी पदाधिकारी बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आजको लागि बोलाइएको हो ।

माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमामा बस्नेछ ।

आजको बैठकमा साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने जनाइएको छ ।

पार्टीका बिद्यान अधिवेसनलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रिय समिति बैठक डाकेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?