‘मिस स्कार्लेट’ टिजर सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिरिज ‘मिस स्कार्लेट’ को नेपाली र अंग्रेजी भाषाको टिजर सार्वजनिक गरिएको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको यो साइेकोलोजीकल थ्रीलर सिरिजको पहिलो सिजन चार एपिसोडको हुने र प्रत्येक एपिसोड ४५ मिनेटको बताइएको छ । यसलाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा तयार गरिएको छ ।

वीरगञ्जमा छायांकन गरिएको यस सिरिजका लेखक तथा निर्देशक बलिराम चौहान हुनुहुन्छ । शेरबहादुर तामाङको सिनेम्याटोग्राफ रहेको सिरिजको मुख्य भूमिकामा गीत विष्ट रहनुभएको छ भने कुलश्रेष्ठ, कमल ओझाले यस सिरिजबाट डेब्यु गर्नुभएको छ । यस्तै सिरिजिमा आलिसा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलीप नेपाललगायतको अभिनय छ । यसका क्रियटिभ प्रोड्युर प्रकाश पुरी हुनुहुन्छ ।

नेपालको लागि कान्तिपुर फिल्म एकेडेमीले तयार गरिरहेको ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजमा यसलाई भदौ महिनाबाट रिलिज गरिने र अन्तर्राष्ट्रिय ओटीटी प्लाटफर्ममा पनि हिन्दी र अंग्रेजी भाषामा रिलिज हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?