राष्ट्रिय विभूतिको स्मृति दिवस सरकारीस्तरबाट हुनुपर्छ : पूर्वमन्त्री थापा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौैं । पूर्वमन्त्री विक्रमबहादुर थापाले अमरसिंहलगायतका राष्ट्रिय विभूतिको स्मृति दिवस सरकारीस्तरबाट हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानद्वारा राजधानीमा आयोजित ‘२०७औँ वीर अमरसिंह थापा स्मृति दिवस कार्यक्रम’ मा उहाँले मुलुक एकीकरणमा योगदान पुर्‍याएका योद्धाको इतिहासलाई संरक्षण गर्न कुनै वर्ग, जातविशेष नभई सरकारीस्तरबाट नै बजेट छुट्याई स्मृति दिवस मनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय विभूति राष्ट्रको चासो र सरोकारसँग जोडिएको विषय भएकाले राष्ट्रले अमरसिंहलगायतका विभूतिलाई चासो दिनुपर्नेमा उहाँको भनाइ थियो ।

कार्यक्रममा प्राडा सुरेन्द्र केसीले पुर्खाले जोगाएको भू-भागको सरकारले संरक्षण गर्न नसकेको बताउँदै राष्ट्र निर्माणमा वीर योद्धाले पुर्‍याएको योगदानको इतिहासलाई निगरानी गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । अर्का इतिहासविद् दिनेशराज पन्तले नेपाल एकीकरणलाई बृहत् रूपमा अघि बढाउन अमरसिंह थापाले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

डर, धम्की, प्रलोभनमा नपरी राष्ट्र एकीकरण गर्ने क्रममा पूर्वमा टिस्टा र पश्चिममा कांगडासम्म सीमा पुर्‍याउन गरेको महत्वपूर्ण प्रयास र योगदान गर्ने योद्धाका रूपमा अमरसिंह पनि एक रहेको इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले बताउनुभयो । त्यस्तै, बागमती प्रदेशका पूर्वमन्त्री उद्धव थापाले राष्ट्रिय भावनाले ओतप्रोत थापाको इतिहासलाई मनन गरी आउने पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष ज्ञानराज थापाले अमरसिंह पार्क, प्रतिष्ठानको भवन बनाउन सकेमा योद्धाको योगदानको थप कदर हुने भन्दै इमानदार, साहसी, कुशल वीर योद्धाका रूपमा स्थापित थापालगायतका राष्ट्रिय विभूतिको संरक्षण गर्न सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतिष्ठानका महासचिव बद्री थापाले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहपछिका दोस्रा योद्धा बडाकाजी वीर अमरसिंह थापा रहेको तर नेपाल सरकारले आवश्यकताअनुसार राष्ट्रिय विभूतिको नाममा बजेट नछुट्याएको गुनासो गर्नुभयो । प्रतिष्ठानका सचिव डा. शशी थापा पण्डितले मुलुकको राष्ट्रियता झल्काउन अमरसिंहजस्ता योद्धाको प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल राष्ट्र एकीकरण गर्न, जोगाउन, संरक्षण गर्न, विखण्डनबाट रोक्न महत्वपूर्ण योगदान पुर्‍याएका थापाको जन्म विसं १८०८ मा गोरखा जिल्लामा भएको थियो । उहाँको विसं १८७३ मा रसुवा जिल्लाको गोसाइँकुण्डमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?