फ्रान्द्वारा नाइजर सेनालाई दूतावासको सुरक्षाको ‘पूर्ण ग्यारेन्टी’ गर्न आग्रह

रासस
Read Time = 1 min

पेरिस । फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको 'पूर्ण ग्यारेन्टी' गर्न आग्रह गरेको छ ।

विदेश मन्त्रालयले नाइजेरियन सुरक्षा बलहरूलाई 'विदेशी कूटनीतिक अधिकार सम्वर्धन गर्दै कूटनीतिक कर्मचारीहरूको सुरक्षा' प्रत्याभूति सुनिश्चित गर्न आवश्यक उपायहरू अवलम्वन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले भनेको छ- 'यी कार्यहरू अन्तरराष्ट्रिय कानून अन्तर्गतका दायित्वहरू, विशेष गरी भियना कन्भेन्सनसँग सम्बन्धित छन् ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?