‘जोगिन्दर’ले ल्याए ‘लुछाचुँडी’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले यसवर्षको गाईजात्रालाई लक्षित गर्दै गाइजात्रे कमेडी ‘लुछाचुँडी’ ल्याउनुभएको छ । ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक ‘लुछाचुँडी’मा देशमा देखिएका अनेक विकृतिलाई तीखो व्यग्य गरिएको छ । उहाँले विविध विषयका साथै हार्ने नेतादेखि जित्ने पार्टीसम्मलाई व्यग्य कस्नुभएको छ ।

जोगिन्दरलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिनुभएको छ । गीतका शब्द लोकराज अधिकारीले लेख्नुभएको हो ।

‘लुछाचुँडी’मा जोगिन्दरको अलवा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना ‘नक्कल ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’ बन्नुभएको छ । राधिका हमाल, सावित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेव गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्कीलगायतको अभिनय छ ।
प्यारोडी गीतको नृत्य निर्देशन समन अधिकारीले गर्नुभएको छ ।

भिडियोको छायांकन रोयल थाइहस्पिटालीटी ठिमी र सिंगल ट्रि स्वयंभूमा गरिएको छ । ‘लुछाचुँडी’को लेखन, प्रस्तुति र निर्देशन ‘जोगिन्दर’ आफैंले गर्नुभएको हो । पोष्ट प्रोडक्सन कोचे मिडियामा गरिएको छ ।

दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गर्नुभएका रिजालको ‘लुछाचुँडी’ २१औं कोसेली हो । गत वर्ष उहाँले ‘बकम्फुसाय नमः’ नामक गाईजात्रे कोसेली सार्वजनिक गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?