एनआइसीले १० प्रतिशत प्रतिफल वितरण गर्नेे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया क्यापिटलको शुक्रबार काठमाडौंमा सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना ‘एनआइसी एसिया डाइनामिक डेप्ट फण्ड’का इकाईधनीलाई १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रतिफल साउन १९ गतेसम्म कायम भएका इकाईधनीलाई वितरण गर्ने गरी इकाईधनी दर्ता किताब बन्द गरिएको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले एनआइसी एसिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिने प्रतिफल पुनः लगानी गर्न मिल्ने गरी डिभिडेण्ड रि–इन्भेष्टमेन्ट प्लान सञ्चालन गरेको छ ।

उक्त योजनामा सहभागी हुन एनआइसी एसिया क्यापिटलको वेबसाइट वा सोझै रीतपूर्वक विवरण भर्न सकिनेछ । योजनामा सहभागी हुन साउन ३२ गतेसम्म आवेदन दिन सकिने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?