जापान र स्पेन विश्वकपको क्वाटरफाइनलमा

Read Time = 3 mins

पर्थ । जापान र स्पेन फिफा महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नर्वेमाथि तीन-एकको जित निकाल्दै जापानले अन्तिम आठमा स्थान बनाएको हो । जापानको जितमा रिसा सिमिजु र हिनाता मियाजावाले एक-एक गोल गर्नुभयो भने उसले एक गोल आत्मघाती उपहार पायो । नर्वेकी गुरो रेइटेनले एक गोल फर्काउनुभयो । खेलको १५औँ मिनेटमा आत्मघाती गोलबाट जापानले अग्रता लिएको थियो ।

इनग्रिड सेयसटाड इंगेनले आत्मघाती गर्नुभयो । २०औँ मिनेटमा गुरो रेइटेनले गोल गर्दै नर्वेलाई खेलमा फर्काउनुभयो । ५०औँ मिनेटमा रिसा सिसा सिमिजुले गोल गर्दै जापानलाई दुई-एकको अग्रता दिलाउनुभयो । ८१औँ मिनेटमा हिनाता मियाजावाले गोल गर्दै जापानको सहज जित पक्का गर्नुभयो । अब जापानले क्वाटरफाइनलमा स्वीडेन र अमेरिकाबीचको विजेतासँग ११ अगस्टमा खेल्नेछ । यी दुई टोलीले आइतबार खेल्दैछन् ।

यस्तै, स्पेनले स्वीट्जरल्याण्ड्समाथि पाँच-एकको सानदार जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्‍यो । स्पेनको जितमा एइटाना बोनमाटीले दुई तथा अल्वा रेडोन्डो, लाइए कोडिना र जेनिफर हर्माेसोले समान एक गोल गर्नुभयो । अब स्पेनले क्वाटरफाइनलमा नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबीचको विजेतासँग ११ अगस्टमा प्रतिस्पर्धा गर्नेछ ।

खेलको पाँचौँ मिनेटमा नै एइटाना बोनामाटीको गोलबाट स्पेनले सुरुवाती अग्रता लियो । ११औँ मिनेटमा लाइआ कोडिनाले आत्मघाती गोल गरेपछि खेल एक-एक गोलको बराबरीमा पुग्यो । १७औँ मिनेटमा अल्वा रेडोन्डोले एइटानाको पासमा गोल गर्दै स्पेनलाई दुई-एकको अग्रता दिलाउनुभयो । ३६औँ मिनेटमा एइटाना बोनामाटी, पहिलो हाफको अन्त्यमा लाइए कोडिनाले गोल गरेपछि स्पेनले पहिलो हाफमा चार-एकको आरामदायी अग्रता लियो । ७०औँ मिनेटमा जेनिफर हर्माेसोे गोल गर्दे स्पेनलाई पाँच-एकको सानदार जित दिलाउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?