युक्रेनी ड्रोनबाट रुसी तेल ट्यांकरमा आक्रमण

Read Time = 1 min

मस्को । युक्रेनी ड्रोनले केर्च स्ट्रेटमा रुसी तेल ट्यांकरमा आक्रमण गरी क्षति पुर्‍याएको नोभोरोसिस्कको समुद्री उद्धार तथा समन्वय केन्द्र (एमआरसिसी)ले शनिबार जनाएको छ । एमआरसिसीले ट्यांकरका चालक दल सकुशल रहेको तर आक्रमणबाट इन्जिन कोठामा क्षति पुगेको जनाएको छ ।

ट्यांकरलाई मद्दत गर्न उद्दारकर्ता र दुई टगबोट उक्त क्षेत्रमा परिचालन गरिएको थियो । क्राइमियाको पूर्वी छेउमा रहेको केर्च सहरका बासिन्दालाई चकित पार्ने चर्को आवाजसहित शनिबार बिहान सो आक्रमण गरिएको थियो ।

मुख्य भूमि रुसलाई क्राइमियासँग जोड्ने १९ किलोमिटर लामो क्रिमियन ब्रिज आक्रमणको खतराका कारण अस्थायी रूपमा बन्द गरिए पनि पुनः खोलिएको छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?