काठमाडौं । बलिउडको बक्स अफिसमा २०२३ अभिनेत्रीहरूले राज गरेका छन् । यो वर्ष बलिउडमा अभिनेत्रीहरूले आफ्नो वचश्र्व कायम गर्न सफल भएका छन् । यसले अभिनेत्रीहरूले चलचित्रलाई पूर्णतया काँधमा बोक्न सक्दैनन् भन्ने कुरालाई गलत सावित गरिदिएको छ । सन् २०२३मा धेरै अभिनेत्रीहरूले आफ्नै बलमा हिट चलचित्र दिएका छन् । यो लिस्टमा रहेको नाम छ, अदा शर्मा, आलिया भट्ट, दीपिका पादुकोण, करिना कपुर र रानी मुखर्जी ।
अदाको चलचित्र ‘द केरला स्टोरी’ले बक्स अफिसमा तीन सय करोडभन्दा बढी कमाएको थियो । उहाँको अभिनयलाई समीक्षक र दर्शकहरूले निक्कै प्रशंसा गरे । अदाको यो चलचित्रले के प्रमाणित गर्न पनि सफल भयो भने आफूभित्रको च्याम्पियन बाहिर ल्याउन राम्रो सामग्री पनि आवश्यक छ । उहाँले आफ्नो पात्रलाई प्रस्तुत गर्ने तरिकाले दर्शकलाई बारम्बार हेर्नका लागि सिनेमाघरसम्म तान्यो ।
सन् २०२३ आलियाका लागि निकै राम्रो रहृयो र उहाँ साँच्चै नै बलिउडको नयाँ ‘रानी’का रूपमा आउनुभयो । आलियाले करण जोहरको चलचित्र ‘रकी और रानी की प्रेम कहानी’ मा उत्कृष्ट अभिनय गर्नुभयो जसले चौतर्फी प्रशंसा बटुल्न सफल भयो । आलिया र रणवीरको यो चलचित्र बक्स अफिसमा सफल भएको थियो । आलिया अब निर्माता पनि बन्नुभएको छ र आफ्नो अर्को प्रोजेक्टको लागि धर्मा प्रोडक्सनसँग सहकार्य गर्दैहुनुहुन्छ ।
यस्तै, २०२३ दीपिका पादुकोणका लागि धेरै हदसम्म राम्रो रहृयो । किनभने शाहरूखसँग उहाँका एक होइन दुईवटा चलचित्रहरू बक्स अफिसमा सफल भए । वर्षको सुरुमा आएको चलचित्र ‘पठान’देखि वर्षको अन्त्यमा आएको ‘जवान’सम्म उहाँले उत्कृष्ट अभिनयका साथ दुईवटा हिट चलचित्र २०२३मा आफ्नो नाममा दर्ज गराउनुभयो ।
त्यसैगरी २०२३मा करिना कपुरका लागि पनि धेरै राम्रो रहृयो । उहाँ लामो समयदेखि थ्रिलर चलचित्रमा काम गर्न चाहनुहुन्थ्यो । उहाँले सुजाँय घोषको चलचित्रमा यस्तो कामगर्ने मौका पाउनुभयो र आफ्नो छवि कायम गर्नुभयो । यस चलचित्रमार्फत आफ्नो उत्कृष्ट प्रदर्शन गर्न माहिर भएको उहाँले प्रमाणित गर्नुभयो । ओटिटीमा रिलिज भएको यो चलचित्रमा करिनाले आफ्नै बलमा मानिसहरूलाई लोभ्याउनुभयो र राम्रो भ्युजका साथै प्रशंसा बटुल्न सफल हुनुभयो ।
यस्तै २०२३ मा आफ्नो बर्चश्व कायम गर्न सफल हुनुभयो रानी मुखर्जी । रानी ०२३ मा ठूलो पर्दामा हृदयविदारक कथा लिएर फर्किनुभएको थियो जसमा उहाँ निकै सफल हुनुभयो । रानीलाई पर्दामा हेर्न पाउँदा सधैं रमाइलो हुन्छ र उहाँ सधैं आफ्नो अभिनयमा जादू ल्याउनुहुन्छ । २०२३ मा आएको चलचित्र ‘मिसेस चटर्जी भर्सेस नर्वेमा’ उहाँको अभिनयको सर्वत्र प्रशंसा भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच