तारकेश्वर पहिरो खस्दा दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ।

प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिबार राती स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उहाँकी छोरीको मृत्यु भएको हो।

उहाँका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उहाँकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ ।

सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते हुनुभएको छ। उहाँको प्राथमिक उपचार गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?