उपाधिका लागि सन्दीप र दीपेन्द्रको टोली भिड्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्लोबल टी-२० क्यानडा क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टोली भिड्ने भएका छन् । सन्दीपको टोली सर्रे जागुअर्स र दीपेन्द्रको टोली टाइगर्सले फाइनलमा स्थान बनाएका हुन् ।

दीपेन्द्रको टोली टाइगर्सले शनिबार राती दोस्रो क्वालिफायर खेलमा भ्यानकुभेर नाइट्समाथि एक विकेटको जित हात पार्दै सन्दीपको टोलीसँग भेट पक्का गरेको हो । यसअघि सन्दीप सम्मिलित सर्रेले भने पहिलो क्वालिफायर खेलमा नाइट्सलाई ३८ रनले हराएको थियो ।

दीपेन्द्रको टोली लिगमा तेस्रो स्थान भएपछि एलिमिनेटर खेल्नुपरेको थियो । एलिमिनेटर खेलमा ब्राम्पटन वल्भ्सलाई नौ विकेटले हराउँदै टाइगर्सले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । लिगको खेलमा टाइगर्सले सर्रे जागुअर्सलाई पाँच विकेटले हराएको छ ।

प्रतियोगितामा दुवै नेपाली खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । दीपेन्द्रले सात खेलमा १२७ रन बनाउँदा दुई विकेट लिनुभएको छ । यस्तै, सन्दीपले सात खेलमा ११ विकेट लिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?