सेयर बजार आज पनि ओरालो यात्रामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। सेयर बजार सोमबार झिनो अंकले घटेको छ ।यस दिन नेप्से सूचक ३.२१ विन्दुले घटेर २०४८.२६ अंकमा अडिएको छ ।

यस दिन २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीतिपछि बजार लगातारजसो घटिरहेको छ । आइतबार अधिकांश बैंक तथा विकास बैंकहरुको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएपछि नेप्से सूचक थप फराकिलो अंकले घट्यो ।

सोमबार पनि यहीक्रमले निरन्तता पाएको हो । यद्यपि, अघिल्लो दिनको तुलनामा सोमबार घट्ने दर भने साँघुरो भएको छ ।

यस दिन २६७ कम्पनीको ६६ लाख ४७ हजार कित्ता सेयर कारोबार भएको छ । ४३ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा नेपाल रिपब्लिक मिडिया र तेस्रोमा सोल्टी होटेल परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?