माछापुच्छ्रेको क्युआर सेवा राष्ट्र बैंकमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक बालुवाटारमा नेपाल पे र फोन पे दुवै नेटवर्कको क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राही लाभान्वित हुने गरी डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ बैंकले यस्तो सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त सेवा सञ्चालनका लागि राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको हो ।

क्युआर कोड सेवाबाट राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीले क्युआरमार्फत् भुक्तानी गरी सटही सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?