सदनको अवरोध हटाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पुनः बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संसद्को गतिरोध हटाउन प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच आज पनि छलफल हुँदै छ ।

सोमबार भएको दुई चरणको छलफलमा सहमति हुन नसकेपछि सभामुख देवराज घिमिरेले आज पनि पुनः बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सभामुखसहितको उपस्थितिमा आज बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ ।

सभामुख घिमिरेले दिउँसो ३ बजे बोलाइएको प्रतिनिधिसभा बैठक अगाडि नै दलहरूबीच सहमति जुट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण सोमबार बसेका २ वटा बैठकबाट सहमति नभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?