उच्चस्तरीय छानबिन समिति माग्दै एमालेले फेरि गर्‍यो संसद अवरोध, बैठक भोलिसम्मका लागि स्थगित

Read Time = 1 min

काठमाडौं । उच्चस्तरीय छानबिन समिति गठनमा सरकारको प्रतिवद्धता नआएको भन्दै नेकपा एमालेले मंगलबारको प्रतिनिधिसभा बैठक फेरि अवरोध गरेको छ ।

साउन १० गतेपछि बस्न नसकेको संसद बैठक आज बसेको थियो। आजको बैठकमा सुरूमा सबै दलका प्रतिनिधिले आफ्ना कुरा राखेका थिए।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका विषयमा प्रतिनिधिसभामा जवाफ दिए पनि उच्चस्तरीय छानबिन समिति गठनमा सरकारी प्रतिवद्धता नआएको भन्दै एमालेले अवरोध गरेको हो ।

गृहमन्त्रीको जवाफ पछि एमालेका सचेतक महेश बर्तौलाले उठेको बिषयभन्दा बाहिर गएर गृहमन्त्रीले अभिव्यक्ति दिएको आरोप लगाउनु भयो ।

गृहमन्त्री श्रेष्ठको जवाफमा चित्त नबुझाएर एमालेले संसदमा नाराबाजी गरेको थियो । एमालेको अवरोध पछि बैठक स्थगित भएको हो ।

एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकका कार्यसूची हटाएर अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने जानकारी दिनुभयाे ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?