‘तिम्रो याद’ भन्दै किस्ना

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कृष्ण आचार्यको नयाँ गीत ‘तिम्रो याद’ सार्वजनिक भएको छ । मनोजराज सिवाकोटीको स्वर, ज्योति प्रकाशको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । दीपेन्द्र केसीको निर्देशन रहेको गीतको भिडियोमा इष्टु कार्की र धीरेन्द्र शाही ठकुरीको अभिनय छ । मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा प्रकाश भट्टको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो ।

मोफसलमा रहँदै सांगीतिक तथा साहित्यिक सिर्जना यात्रामा रहनुभएकी रोशनीको स्कुले विद्यार्थी जीवनमै ‘संघर्ष’ गजलसंग्रह, ‘च्यातिएको मन’ उपन्यास र केही दोहोरी गीत प्रकाशित भइसकेका थिए । त्यसैको निरन्तरतास्वरूप उहाँका दर्जनौं लोक तथा दोहोरी गीत, मौलिक सालैजो गीत, तीज गीत, दशैँ गीत, झ्याउरे गीत प्रकाशित भएका छन् । गीतसंगीत र साहित्य सिर्जनामा आफूलाई संग्लन गराउँदै आउनुभएकी रोशनीले केही गीतमा स्वर दिनुका साथै अभिनय पनि गर्नुभएको छ ।

साहित्यसँगै पत्रकारितालाई आफ्नो कर्म बनाउनुभएकी उहाँले विशेष कला मनोरञ्जनसम्बन्धी लेखनलाई अघि बढाउनुभएको छ । उहाँ अनलाइन, छापा, युट्युबमार्फत् कला र कलाकारका कुरा प्रकाशित गर्दै पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँका सिर्जनामा रहेका थुप्रै लोकदोहोरी गीतका सिर्जनाले सांगीतिक बजारमा राम्रो चर्चा बटुलेका छन् साथै मान, सम्मान, पुरस्कार र अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

उहाँले सुन्दरादेवी सन्देश म्युजिक अवार्ड सर्वोत्कृष्ट शब्द रचना-२०७४, निम अवार्ड युवा पत्रकारिता सम्मान-२०७५, उत्कृष्ट मौलिक सिर्जना सम्मान नाट्यश्वर म्युजिक अवार्ड, इपिक नेपाल म्युजिक अवार्ड-२०७५ कला पत्रकारिता सम्मान, नेशनल पावर म्युजिक अवार्ड सर्वोत्कृष्ट शब्द रचना-२०७६, म्युजिक खबर म्युजिक अवार्ड सर्वोत्कृष्ट शब्द रचना-२०७७, पावर इन्टरनेशनल फिल्म फेष्टिबल रंगपत्रकारिता संमान-२०७८, योङ्माइन्डस् म्युजिक अवार्ड-२०७८ रंग पत्रकारिता संमानलगायत उहाँले प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?