महिनावारी हुँदा गोठमै सुतेकी किशोरीको सर्पको टोकाइबाट मृत्यु

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान मृत्यु भएको वडा नं ४ को कार्यालयमा कार्यरत ईएमआइएस अपरेटर समेत रहनु भएका स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिनुभयो ।

‘महिनावारी भएको चार दिन भएको रहेछ, गाईभैँसीका गाेठमा सुतेकी रहिछन्, आफन्त चन्दले भन्नुभयो, मध्यरात सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले बैद्यलाई बोलाउन गएको समयमा उनको घरमै मृत्यु भयो’ ।

किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्ययनरत थिइन् । महिनावारी भएको बेला अधिकांश जसो महिला तथा किशोरीहरू गोठमै सुत्ने गरेको स्थानीय चन्दले बताउनुभयाे ।

‘देविदेवताको डरका कारण केही महिला तथा किशोरीहरू गोठमा सुत्छन्, केही घरमा अलग्गै सुत्ने गरेका छन् ।,’ स्थानीय चन्दले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?