आज पनि घट्यो सुनको मूल्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ ।  चालु साताको अन्तिम कारोबार दिन  शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।  शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

यो साताभरि भने सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको छ। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

यो साताभरि भने चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेको छ। गत शुक्रबार चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?