जन श्रमदानबाट सडक मर्मत

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 2 mins

सिन्धुली । जिल्लाको मरिण गाउँपालिकाका स्थानीयबासिले अविरल बर्षासँगै सडकमा खसेको पहिरो पन्छाएका छन् । मरिणको गर्दुवा हुदैँ खलंगासम्म जाने अवरुद्ध सडक मर्मत गरेर सञ्चालनमा ल्याएका हुन् ।

केही दिनदेखि लगातार भएका बर्षाले गर्दुवादेखि खलंगासम्म जाने सडकको ठाउँ–ठाउँमा पहिरो र रुखहरु खसेका थिए । शनिबार जनश्रमदानबाट पहिरो र पहिरोसँगै खसेका रुख, बुट्याङहरु पन्छाइएको, सडक भत्किनबाट रोक्न जाली भर्ने काम भएको र सरसफाई समेत गरिएको मरिण गाउँपालिका–ं १ का वडाध्यक्ष हिराबहादुर गुर्मछानले जानकारी दिनुभयो । जनश्रमदानबाट १० किलो मिटर सडक मर्मत गरी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

स्थानीबासीसँगै श्रमदानमा गाउँपालिका अध्यक्ष विमर्श मोक्तान, उपाध्यक्ष विमला कुमारी माझी, प्रमुख प्रशासकिय अधिकृत ओमबहादुर दर्जी, सात वटै वडाका वडाध्यक्ष सहितका जनप्रतनिधिहरु, कर्मचारी, प्रहरी र शिक्षकहरु समेत खटिएका थिए ।

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले सबै एकजुट भएर श्रमदान गरे बजेट विना पनि विकास निर्माणका काम गर्न सकिने बताउनुभयो । उहाँकाअनुसार यसअघि बर्षाका कारण क्षति भएका सडकहरु गाउँपालिकाको बजेट खर्च गरेर मर्मत गरिदै आएको थियो । यस बर्षभने श्रमदान मार्फत मर्मत गर्ने योजना छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?